तपाईँ सुन्दै हुनुहुन्छः

‘मौद्रिक नीति तयारीको अन्तिम चरणमा’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

नीतिका नीतिका विशेषता र प्राथमकितामा बारेमा सोमवार सङ्घीय संसद्को अर्थ समितिले राष्ट्रबैंकका गभर्नर सहितका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

समितिको बैठकमा आम नागरिकको अपेक्षालाई सम्बोधन गर्ने शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तयारी अन्तिम चरणमा पुगेको र नीतिले सबैलाई समेट्ने प्रयासमा लागेको बताउनु भयो ।

गर्भनर अधिकारीले मौद्रिक नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने खालको वातावरण बनाउने स्पष्ट पार्नुभयो ।

समितिको बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीति औद्योगिक उत्पादनमुखी र देशभित्रै रोजगारी सिर्जना गर्ने खालको आउनुपर्ने धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्ने उपायको खोजी नै यतिखेरको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

विद्यमान व्याजदरका कारण औद्योगिक व्यवसायसमेत चल्न नसक्ने अवस्थामा रहेको भन्दै उहाँले कोरोनाका कारण समस्यामा परेका र सङ्कटमा फसेका क्षेत्रले पैसा पाउन सक्छन् कि सक्दैनन् भन्ने विषय नै आजको प्रमुख चासो रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button