तपाईँ सुन्दै हुनुहुन्छः

सहमति खोज्न अध्यक्षद्धयबीच छलफल सम्पन्न

फाइल तस्बिर

काठमाडौं- पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्धेश्यले नेपाल कम्यूनिष्ट पार्टी, नेकपाका दुई अध्यक्षबीच आज पनि छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीका समस्या समाधान र अध्यक्षद्धयबीच सहमति खोज्न आज पनि छलफल भएको हो ।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्षद्वयबीच एक्लाएक्ले छलफल भएको जानकारी दिनुभयो ।अध्यक्षद्वयबीच जारी स्थायी समिति बैठक स्थगित गरेर सहमति खोज्न केही दिनदेखि निरन्तर छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button