तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ सम्बन्धी तीन विधेयक स्वीकृत

प्रतिनिधि सभाको आजको बैठकले “आर्थिक विधेयक, २०७७, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७, र “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ लाई बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त विधेयकहरु सम्बन्धी विचार गरियोस भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकले संविधानसभाका सदस्य एव पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्यमन्त्री मेघराज निसादको निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकमा स्वर्गीय निसादको निधनप्रति एक मिनेट मौन धारणा समेत गरिएको थियो ।

प्रतिधिसभाको अर्को बैठक जेठ ३१ गते शनिवार दिनको एक बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button