तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा,शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभएको छ । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button