साल्पासिलिछो गाउँपालिकामा ३६ लाख बढीको राहत कोष स्थापना
भोजपुर । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकाले ३६ लाख बढीको प्रकोप व्यवस्थापन राहत कोष स्थापना गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष महेश राईले बताउनुभयो ।
गाउँपालिकाले ३६ लाख ६१ हजार एक सय ७१ रुपैया बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राईको भनाई रहेको छ ।
कोषको खातामा गाउँपालिकाकाबाट २९ लाख, पालिका अध्यक्षको ६ महिना बराबरको भत्ता, गाउँपालिका उपाअध्यक्षसहित अन्य पदाधिकारीहरुको एक महिना बराबरको भत्ता, गाउँपालिकामा कार्यरत अन्य कर्मचारीहरुको नेपाल सरकारले तोके बमोजिमको तलब सुविधाको रकम कट्टा गरी ३६ लाख बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना भएको हो ।
गाउँपालिकाले राहत कोष स्थापना भएकाले सहयोग गर्न चाहनेहरुलाई पनि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्