तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना महामारी : निको भए ८ लाख ३६ हजारभन्दा बढी मानिस

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ३८ हजार २४१ संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै विश्वभर कोरोना संक्रमणबाट निको हुने मानिसको संख्या ८ लाख ३६ हजार ६१२ पुगेको छ।

भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित भएको संयुक्त राज्य अमेरिकामा १ लाख १८ हजार १६२ संक्रमितको उपचार सफल भएको छ ।

यस्तै जर्मनीमा १ लाख ९ हजार ८ सय संक्रमित निको भएका छन् भने चीनमा ७७ हजार ३४६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

विश्वभर २९ लाख २० हजार ९१४ जनाभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २ लाख ३ हजार २६९ संक्रमितको ज्यान गएको छ ।

हालसम्म नेपालमा ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने जसमध्ये १२ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button