समृद्धिका लागि सबै जुट्नु पर्छः उपराष्ट्रपति पुन
सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णालीको समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
दोस्रो कर्णाली एक्सपोको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले कर्णालीको विकासका लागि कर्णाली करिडोर, १३३ केभी प्रसारण लाईन, जडिबुटी प्रशोधन केन्द्र स्थापना, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानको स्तरोन्नती लगायत विकास निर्माणका कार्यमा ध्यान संघीय सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीक प्रदेशमा लगानी आकर्षित गर्न प्रदेश सरकारले उद्योगी शान्ति सुरक्षाको ग्यारेन्टीसहित ५ वर्षसम्म सबै प्रकारका छुट दिने निर्णय गरिसकेको जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्