तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विभिन्न झाँकी तथा साँकृतिक कार्यक्रमको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूङहरूको साँस्कृतिक पर्व ल्होसारका अवसरमा आज काठमाडौको टुँडिखेलमा उपस्थित हुनुभई विभिन्न झाँकी तथा साँकृतिक कार्यक्रमको अवलोकन गर्नुभएको छ ।

तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्ले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले देशका विभन्न स्थानमा बसोबास गर्ने गुरूङ समुदायको मौलिकता झल्कने विभिन्न झँकी तथा साँस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले गुरूङ समुदायबाट राज्यको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥र्याउनुहुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि पार्वत गुरूङ, डा. टेक बहादुर गुरूङ, सोनी गुरूङ, मिनु गुरूङ, पार्वती गुरूङ, निता गुरूङ, निमेश गुरूङ, लगायत साग तथा विभिन्न अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने गुरूङ खेलाडिहरूलाई परिषद्का तर्फबाट सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले राष्ट्रको विकास र समृद्धिका लागि सम्पूर्ण जातजाती वर्ग र समुदाय बीचको एकता आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गुरूङले आदिवासी जनजातीका समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुहुँदै सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा एकतावद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button