तपाईँ सुन्दै हुनुहुन्छः

चुरे क्षेत्रको संरक्षणमा तिनै तहका सरकार गम्भीर हुनुपर्छ : पूर्व राष्ट्रपति यादव

फाइल तस्बिर

काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले चुरेक्षेत्रको संरक्षणमा तिनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ ।

नेपाल वातावरण पत्रकार समूहले आज काठमाडौंमा आयोजना गरेको मदन भण्डारी राजमार्गले पारेको वातावरणीय प्रभाव सम्बन्धि अध्यन प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति यादवले विकासको नाममा जथाभावी डोजर चलाउंदा चुरेक्षेत्रमा पर्न सक्ने दिर्घकालीन असर प्रति सचेत हुनुपर्ने बताउनुभयो ।

राजमार्गको हेटौंडा –चतरा खण्डको वातावरणीय प्रभावको अध्ययनगरेको समूहले राजमार्ग निमार्ण गर्दा चुरेक्षेत्रको पारवहन क्षमतालाई बेवास्ता गरेको भन्दैे चुरेक्षेत्रको भूबनोट यसको कमलोपन र जैविक पक्षलाई ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button