तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल मैदानको ८० प्रतिशत निर्माण कार्य सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ ।

आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रिय स्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रदेश सरकारको पाँच करोडको लागतमा निर्माणाधीन खेदमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने कार्य जारी रहेको छ ।

प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।

खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्ने बताउदै मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तरराष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button