तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा राजस्व छलेर ल्याइएको चार लाख मुल्य बराबरको सामान बरामद

बीरगंज । बीरगंज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी बल भन्सार गस्तीद्वारा चेकजाँचको क्रममा आज बिहान चार लाख मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।

अवैध रुपमा राजस्व छलेर वीरगंज भत्र्यिाईएको अवस्थामा ना १ ह २८६ नम्बरको अटो रिक्सासहित झण्डै तीन लाखको हार्डवयर र किराना सामानहरु बरामद गरिएको राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रीले बताउनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरीले आज दिउँसो बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट अवैध रुपमा भन्सार छलि भारतबाट भित्र्याईएको एक लाख २३ हजार आठ सय ५० रुपैया बराबरको भारतीय सटिङ्ग सुटिङ्गको कपडा बरामद गरेको राजस्व गस्ती टोली प्रमुख खत्रीले बताउनुभयो ।

बरामद गरिएको कपडा तथा हार्डवयरको सामान थप कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाईएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button