तपाईँ सुन्दै हुनुहुन्छः

‘सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ’

गोरखा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको आज अनावरण गर्नुहँुदै मन्त्री भट्टराईले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button