तपाईँ सुन्दै हुनुहुन्छः

विद्या भट्टराईले लिइन् सांसदको सपथ

काठमाडौं । स्वर्गिय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती तथा कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् ।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिइन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button