तपाईँ सुन्दै हुनुहुन्छः

सुदू्रपश्चिम प्रदेश वित्तिय सम्मेलन मंसिर २० गते धनगढीमा हुदैँ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा यहि मंसिर २० कैलालीको धनगढीमा सुदू्रपश्चिम प्रदेश वित्तिय सम्मेलन २०७६ हुने भएको छ । उक्त सम्मेलनको पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सुदू्पश्चिम प्रदेश वित्तिय सम्मेलनको लोगो सार्वजनिक गर्दै वित्तिय सम्मेलनको तयारी लगभग पुरा भएको जानकारी दिनुभयो ।

मन्त्री बोहराले वित्तिय पहुँचको सुनिश्चितता गर्ने, स–सानो बचत परिचालन गरी पूजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैकिङ्ग प्रणालीमा आवद्ध गर्ने र वित्तिय पहुँचको माध्यमबाट आथिर्क विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने सम्मेलनको उदेश्य रहेको बताउनुभयो ।

उहाँले वित्तिय पहुचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता भन्ने मुल नारा रहेको वित्तिय सम्मेलनमा मुख्यमन्त्री, मन्त्रीगण, उच्च पदस्थ सरकारी अधिकारी, विज्ञ, दातृ निकाय, वित्तिय क्षेत्रका प्रनिनिधि गरि ४ सय ५० जनाको सहभागिता रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button