तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा योजनाको प्रभावकारी  कार्यान्वयनको कुनै विकल्प छैन् : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यन्वयनको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

सामाजिक सुरक्षा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सामाजिक सुरक्षा योजनाको कार्यान्वयन ऐतिहासिक थालनी भएकाले यसलाई सकारात्मक ढंगले अघि बढाउनुको विकल्प नहरेको स्पष्ट पार्नुभयो ।

उहाँले सामाजिक सुरक्षा योजनालाई राज्यले मौलिक हकका रुपमा राखेर कानुनी रुपमै व्यवस्थित गरेर कार्यन्वयनमा ल्याएकाले यसको कार्यन्वनबाट भाग्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सामाजिक सुरक्षा योजना कार्यन्वयनमा व्यवहारिक कठिनाई भए उद्योग प्रतिष्ठानको नेतृत्वसँग छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले श्रमिक र उद्योग प्रतिष्ठान राज्यका लागि उत्तिकै महत्वपूर्ण भएको भन्दै दुबै पक्षले कानुनी, व्यवसायीक र नैतिक दायित्व पूरा गर्नुपर्ने बताउनुुभयो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यस योजना कार्यन्वयनबाट रोजगारकर्ता र औधोगिक प्रतिष्ठान दुवैलाई लाभ पुग्ने बताउनुभयो ।

उहाँले योजना कार्यन्वयनले सामाजिक न्यायलाई सुनिश्चित गर्दै युवाप्रति श्रमको सम्मान गर्न र मुलुकभित्रै रोजगारी सिर्जना गर्न समोत उत्साह थप्ने बताउनुुभयो ।

नेपाल टे«ड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा योजनाले श्रमिक वर्गको जीवन सम्मानित र सुरक्षित बनाउन महत्वपूर्ण भएपनि प्रभावकारी कार्यन्वयन नभएको भन्दै कडाइका साथ लागू गरिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले योजना कार्यन्वयनमा केही व्यवहारिक कठिनाई रहेपनि नीजि क्षेत्र र उद्योग प्रतिष्ठान योजना कार्यन्वयन गर्न प्रंतिवद्ध रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर, नेपाल च्याम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल साता तथा घरेलु उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलगायतले योजना सान्दर्भिक र महत्वपूर्ण भएकाले कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button