तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भुमिमाथी हुने कुनै पनि अतिक्रमण स्वीकार्य छैन : नेपाली काँग्रेस

काठमाडौँ – नेपाली काँग्रेसले नेपाली भुमिमाथी हुने कुनैपनि ढंगको अतिक्रमण स्वीकार्य नहुने प्रष्ट गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरी भारतले तयार पारेको नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको काँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भूमि अतिक्रमण जस्ता महत्वपूर्ण विषयमा दल विशेषभन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा समाधान खोज्न सरकार समर्थ हुनुपर्ने काँग्रेसको दृष्टिकोण रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button