तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा सदस्यका लागि दाङमा १४ जनाद्वारा उम्मेदवारी दर्ता

घोराही – आगामी मंसिर १४ गते हुने प्रदेशसभा सदस्य पदका लागि दाङमा १४ जना जनाले उम्मेदवारी दर्ता गराएका छन् । दाङको घोराहीमा रहेको मुख्य निर्बाचन कार्यालयमा आएर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्बाचन अधिकृत दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाका अनुसार १२ राजनीतिक दलका तर्फबाट र दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । थापाका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट बिमला वली, नेपाली काँग्रेसका तर्फबाट केशबराज शर्मा आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बिहान १० बजेदेखि दिउसो १ बजेसम्म नेकपा मालेका तर्फबाट हरिबहादुर डाँगी, नेपाल मजदुर किसान पार्टीका तर्फबाट सुरेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज बिश्वकर्मा, राप्रपाबाट भुपाल रावत, राप्रपा सयुक्तबाट छोटीलाल थारु, समाजबादी पार्टीबाट डिल्लीबहादुर डाँगीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली काँग्रेस बिपीबाट दिपककुमार धिताल, साझा पार्टीबाट शिबकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी र गोबिन्द केसी र टीकाराम आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button