तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

अछाम – अछामको साँफेबगरमा ठुलो धन राशीको राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । साँफेबगर नगरपालिका वडा नं. ४ मष्टामाण्डाैँकाे साँफेबगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कात्तिक २२ गते देखि २५ गते सम्म राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने सामुदायिक केन्द्रका अध्यक्ष शिलोज कुँवरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ७५ हजार नगद सहित, ट्रफि, कफ, मेडल, प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ । द्वितियलाई एक लाख नगद र तृतियलाई ५० हजार पुरस्कारको ब्यवस्था रहेको आयोजकले जनाएको छ ।

खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली खेलाडीले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।

यसैबीच साँफेबगर सामुदायिक सिकाई केन्द्रको बैठक प्रतियोगिता तयारीका लागि विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले कातिक २२ गते देखि सञ्चालन हुने राष्ट्रिय पुरुष भलिवल प्रतियोगितालाई सफल पार्न विभिन्न उप समिती गठन गरेको छ ।

बैठकले प्रचार प्रसार समिती, मञ्च ब्यवस्थापन समिती, अतिथि सत्कार समिती लगायतका समिती गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button