२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

आठ बर्षदेखि जारी युद्धको मारमा परेको सिरिया नागरिक तथा उनीहरूको घरको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आग्रह

रेडियो नेपाल २०७६ कार्तिक १५ गते १०:२०

इस्तानबुल, पाकिस्तान । सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताउनुभएको छ ।

सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उहाँले बताउनुभयो ।

“सिरियामा द्वन्द्व समाधानका लागि प्रष्ट राजनीतिक समाधान तथा दृष्टान्त छैन,” उहाँले भन्नुभयो

राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले एक दिन पहिले स्वीडेनी शहर जेनेभामा भएको सिरियाली संवैधानिक समितिको पहिलो बैठक प्रगतिका लागि एक महत्वपूर्ण थालनी तथा आधार भएको उहाँले बताउनुभयो ।

उहाँले बैठकले सिरियाली युद्धका लागि राजनीतिक समाधानको बाटो तय गर्ने उहाँले विश्वास गर्नुभयो । उत्तरी सिरियामा वार्ताद्वारा युद्ध अन्त्यका लागि गरिएको हालैको प्रयासको महासचिव गुटेर्रेसले स्वागत गर्दै इदलीवको अवस्थाप्रति चासो व्यक्त गर्नुभयो ।(रासस÷सिन्ह्वा)

सम्बन्धित