तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी : छुट्टा–छुट्टै दुर्घटनामा २ को मृत्यू

बैतडी । बैतडीमा आज बिहानै भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा २जनाको मृत्यू भएकोछ ।

जिल्लाको मेलौली नगरपालिका ५ स्थीत पेल्या भन्ने ठाउँमा एक्साभेटरले किचेर स्थानिय ५५ बर्षीया शुक्र सिंह पुजाराको ज्यान गएको हो भने, सुर्नया गाँउपालिका १ सिन्केलेकमा ट्रक दुर्घटना हुदाँ चालक दार्चुला नौगाड ४ सिप्टी दार्चुलाका गोपालसिंह धामीको ज्यान गएको हो ।

मेलौली ५मा भएको दुर्घटनामा एक्साभेटरका चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० बर्षीय शेरीसिंह बोहरा फरार रहेका छन् भने, सिन्केलेकमा भएको ट्रक दुर्घटनामा चालक आफुमात्रै ट्रकमा रहेको जिल्ला प्रहरी कार्यालय बेतडीले जनाएको छ ।

दुबै घटनाको थप अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button