तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राईनोज फाइनलमा प्रवेश

 

अजय वम, काठमाण्डौ । चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । पहिलो विकेटका लागि काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले ६९ रनको साझेदारी गर्दै वलियो साझेदारी गरेका थिए । काजल ३६ तथा कञ्चन ३४ रन बनाएर आउट भएका थिए । यस्तै कप्तान इन्दु बर्माले नट आउट १७ रन बनाउँदा सुमन खतिवडाले १० रन बनाइन् । विराटनगरका लागि सबनम राईले २ विकेट लिँदा आरती विडारी, सोनु खड्का र सर्मिला मगरले एक एक विकेट लिए ।
चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।

जितसँगै अपराजित चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button