तपाईँ सुन्दै हुनुहुन्छः

भाेजपुरमा धारिलो हतियार प्रयोग गरी एक महिलाकाे हत्या, एक घाइते 

फाइल तस्बिर

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनिसंगै रहेकी अर्का एक गम्भिर घाइते भएकी छिन । षडानन्द नगरपालिका–१ नेपालेडाँडा वडा नम्वर–३ की २८ वर्षिया कल्पना राईको हत्या भएको हो । उनिहरु शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरि  हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

भलिवल प्रतियोगिता हेरेर फर्किदै गरेका मृतक कल्पना राई र घाईते १८ बर्षिया नविना राईमाथि धारिलो हतियार प्रयोग भएको थियो । मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो भने घाईते नविनाको चिउँडोमा चोट लागेको  जिल्ला  प्रहरी कार्यालय भाेजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले  षडानन्द नगरपालिका ३ का २१ वर्षिय प्रदिप बस्नेतलाई प्रक्राउ गरेको छ । उनलाई प्रक्राउ गरि भोजपुर ल्याउने काम भैरहेको आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button