तपाईँ सुन्दै हुनुहुन्छः

दशैको पूर्व सन्ध्यामा सांगीतिक रौनक

दोलखा/ निरन्तरको झरी र लामोसाँगु जिरी सडकको दुरावस्थाले चरिकोटमा दशैको रौनक देखिदैनकी भन्ने आशंकाकै बीच कलाकर्मी तथा संगीतकर्मीहरुले शनिवार साङ्गीतिक रौनकसंगै दशैको शुखद शुभारम्भ गरिदिएका छन् ।

बरिष्ठ संगीतकार चेतन सापकोटा, युवा गायक पवन गिरी जस्ता गितकार संगीतकारहरुको प्रस्तुति र दोलखामा रहेको थामी, सुनुवार, शेर्पा, तमाङ, नेवार जातिको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले चरिकोटको माहौल तताएको थियो । दोलखा डान्स क्रियुले आयोजना गरेको सांगीतिक प्रस्तुतिले शनिवार साँझसम्मै चरिकोटमा रमाईलो माहौल बनाएको थियो ।

निरन्तरको झरीले त्यतिकै असहज थियो चरिकोटमा, झन सडकको दुरावस्थाले त दशैनै नआउने हो की भन्ने आशंका उब्जीयो दोलखा डान्स क्रियूका अध्यक्ष बिष्णुराज तमाङले भन्नु भयो – त्यसैले दोलखालीहरुमा उत्साहको संचार गर्न सांगीतिक उत्सव आयोजना गरेका हौ ।

सयौ दर्शक बीच सांगीतिक माहौलमा रमाएका दोलखाली बीच भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले कला, साहित्य र संगीतको जर्गेना र प्रवद्धनको लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । संगीतले दशैको शुभारम्भ गरेको छ नगरप्रमुख केसीले भन्नु भयो – यसले नगरमा नयाँ रौनक ल्याएको छ ।

दोलखा डान्स क्रियूका सचिव बिष्णु शिवाकोटी चरिकोटमा भएको सांगीतिक कार्यक्रमले बर्षा र सडकको दुरावस्थाले थलिएको चरिकोटमा राहत मिलेको बताउनु हुन्छ ।

सांगीतिक माहौलकै लागि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल दोलखाले चरिकोटमा दोलखा लोक तारा २०७६ को अडिशन सुरु गरेको छ । प्रतियोगीताको पहिलो अडिशनमा सहभागि भएका ४२ जना मध्ये २७ जना छनौट गरिएकोे कार्यक्रम संयोजक राज श्रेष्ठले बताउनु भयो । अडिसनको शुभारम्भ भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले गर्नु भएको थियो । यो अडिसनले पनि चरिकोटमा सांगीतिक माहौल बनाउन सहयोग पुगेको प्रतिष्ठान दोलखाका सह कोषाध्यक्ष सिता रिजालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button