तपाईँ सुन्दै हुनुहुन्छः

६ सार्वजनिक संस्थान निजी क्षेत्रलाई चलाउन दिइने

काठमाडौं । सरकारले ६ वटा सार्वजनिक संस्थान निजी क्षेत्रलाई चलाउन दिने भएको छ ।

हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना र जनकपुर चुरोट कारखाना निजी क्षेत्रलाई दिन लागिएको हो ।

हेटौडा कपडा उद्योग र बुटवल भागो कारखाना बहालमा नीजि क्षेत्रलाई दिएर सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पठाएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका प्रसाद यादवले जानकारी दिनु भयो ।

गोरखकाली रबर र जनकपुर चुरोट कारखाना चलाउन धेरै उद्योगीहरु तयार देखिएको र उद्योग सञ्चालनका सम्बन्धमा देशी तथा विदेशी कम्पनीहरुसँग छलफल भैरहेको पनि मन्त्री यादवले उल्लेख गर्नु भयो ।

नेपाल सरकारको लगानी रहेका कुनै पनि उद्योगको सम्पत्ती तथा उद्योग बिक्रि नगर्ने गरी देशभर रहेका सरकारको लगानीका रुग्ण उद्योगहरुलाई पुर्नस्थापना गरी नीजि क्षेत्रसंगको समन्वयमा सञ्चालन गर्ने तयारी उद्योग मन्त्रालयले गरेको हो ।

शुकवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि यादवले सरकारले अम्लेखगञ्जदेखि चितवनसम्म र दु्रतमार्गको छेउछेउ काठमाडौसम्म पेट्रोलियम पदार्थको पाइपलाईन बिच्छयाउनको लागि आवश्यक अध्ययन अघि बढाएको पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button