तपाईँ सुन्दै हुनुहुन्छः

क्यानको विशेष साधारणसभा शुरु

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा काठमाडौंमा शुरु भएको छ ।

आईसीसीको निलम्बन पछि पहिलो पटक हुन लागेको साधारण सभाबाट निर्वाचित हुने नयाँ नेतृत्व आएपछि निम्बन फुकुवा हुने आईसीसीले आश्वासन दिएकाले यो साधारण सभालाई विशेष महत्वका साथ हेरिएको छ ।

क्यानको सधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । शनिबार निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दका बीचमा प्रतिस्पर्धा हुने निश्चित प्राय छ ।

३९ जिल्लाबाट एक एक जना गरी ३९ र प्रदेशबाट २० जना गरी ५९ जना मतदाताले नयाँ नेतृत्व चयन गर्ने छन् ।

यसअघि भएको निर्वाचनलाई राखेपले मान्यता नदिएपछि आईसीसीले क्यानलाई प्रतिबन्ध लगाएको थियो । त्यतिबेला चन्द निर्वाचित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button