तपाईँ सुन्दै हुनुहुन्छः

‘एशिया प्रहरी सम्मेलन’ सम्पन्न

काठमाडौं । काठमाडौँमा आयोजित तीन दिने ‘एशिया प्रहरी सम्मेलन’ आज सम्पन्न भएको छ ।

नेपाल प्रहरी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसीआरसी)को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालसहित एसियाका १५ राष्ट्रका २५ जना उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

सम्मेलनको समापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले क्षेत्रीय तहमा मानव अधिकारको प्रवर्द्धन गर्दै कानून कार्यान्वयन गर्न र विस्तृत रणनीति तयार गरी लागू गर्न सम्मेलनले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

आइसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button