तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा दुईवर्ष भित्र आधुनिक बधशाला निमार्ण हुने

बिराटनगर – लामो समयदेखि निमार्णधिन अवस्थामा रहेको बिराटनगरको पशु बधशाला अब आधुनिक बन्ने भएको छ । प्रदेश न १ को सरकार र बिराटनगर महानगरपालिकाले चासो देखाएपछि बधशाला निमार्ण प्रक्रियाले गति लिएको हो । आगामी दुईवर्ष भित्र निमार्ण सम्पन्न गर्नेगरि वधशालाको डिपिआर तयार भइसकेको छ ।

महानगरपालिकाले बधशालाको व्यवस्थापन र निमार्णबारे बिराटनगरमा आज आयोजित छलफल कार्यक्रममा सो जानकारी गराइएको हो ।

वधशालाका निमार्णकालागि प्रदश सरकार र बिराटनगर महानगरपालिकाले पाँच पाँच करोड रकम बिनियोजित गरेको बिराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले बताउनुभयो । टेण्डर आव्हान गरेर दशैपछि निमार्णको काम शुरु हुुने र प्रदेस सरकार र महानगरपालिकाले आगामी बजेटमा रकम बिनियोजित गरेर समयमा काम सम्मपन्न गर्ने उहाँको भनाई छ । बधशाला निमार्णका लागि २१ करोड २५ लाख रुपैया लाग्ने जनाइको छ ।

हेफर इन्टर नेशनल नेपालले बधशालन निमार्णका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको छ । नेपालमै नमुुना बन्न लागेको बधशालालाई पुुर्णता दिन महानगरपालिकाले अगुवाई गर्नुपर्ने  हेफर इन्टर नेशनलका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले बताउनुभयो ।

एकैपटक दैनिक एकहजार खसी काट्न सकिने क्षमता रहेको बधशालाको आवश्यक ठेक्का तथा निमार्ण टेण्डर आव्हानका लागि महानगरपालिका प्रसासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यि समिति समेत गठन भएको छ ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख इन्दिरा कार्की , डा बोधप्रसाद पराजुली , पुनम दाहाल, उमाशंखर यादव तथा हिरालाल साहले बधशालाको पुर्न निमार्णको तयारीबारे जानकारी गराउनु भएको थियो ।

बिराटनगर–८ मा महानगरपालिकाको १ बिघा ८ कठा जग्गमा बधशाला निमार्णको काम २०६६ शालमा शुुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९ लाखमा बनेको बधशालाले पुुर्णता नपाउदा त्यहा बनेका भौतिक संरचना अपलपत्र अवस्थामा छन । पुरानै भौतिक संरचना भएपनि मापदण्ड अनुसार त्यसलाई व्यवस्थित गर्न सकिने भएकाले त्यही संरचनामा नया बधशाला निमार्ण हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button