तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुह) बागलुङका जिल्ला सेक्रेटरी पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभएको छ। कुँवरलाई मंगलवार दिउसो बडिगाड गाउँपालीका वडा नं. ५ रेमी स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र आवश्यक अनुसन्धान सुरु गरिएको एसपि भट्टले जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button