तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा उच्च अंकको उछाल

सुरेन्द्रमणि त्रिपाठी । शेयर बजारमा बुद्धबार पनि उच्च अंकको उछाल देखिएको छ । अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति पछि मंगलबार २५ अंकभन्दा बढीको उच्च वृद्धिले बुधबार पनि निरन्तरता पाएको हो ।

शेयर बजार घटेर तल्लो बिन्दुमा झरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार एक कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको धारण ब्यक्त गर्नुभएको थियो ।

बुद्धबार नेप्से सूचक २२.६८ अंकले सुधार भएर ११७३.४२ बिन्दुमा पुगेको छ भने कारोबार रकममा पनि सुधार भएर करीब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button