तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेनः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ ।

राष्ट्रिय जागरण अभियानका अवसरमा काँङ्ग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button