तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनचाँदी मूल्य स्थिर

साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button