तपाईँ सुन्दै हुनुहुन्छः

माटो सुहाउँदो बाली लगाउने नीतिको निरन्तता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

जाजरकोट जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको भेरी नगरपालिकाको समुचित विकास तथा किसानको जीवनस्तरमा सुधार गर्न गुरुयोजना नै निर्माण गरी कामको थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।

यस आर्थिक वर्षमा भेरी नगरपालिकाले ६० ठाउँमा नयाँ माटो जाँच गरी सोही अनुसारको बाली सिफारिश गर्ने योजना अगाडि सारेको नगरपालिकाका कृषि शाखाका यज्ञ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button