तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले तीन महिनामै ठड्याए बारा-पर्साका ८६९ हावाहुरीपीडितको घर

बारा । हावाहुरीले भत्काएका बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि ८६९ घर बनाएर नेपाली सेनाले हस्तान्तरण गरेको छ ।

सेनाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाका विभिन्‍न पाँच स्थानमा तीन सय चार र पर्साका सात स्थानमा पाँच सय ६५ घर बनाएर पीडित जनतालाई बुधबार हस्तान्तरण गरेको हो ।

पर्सा वीरगन्जमा बुधबार एक कार्यक्रम आयोजना गरी सेनाले आफूले बनाएका घर पीडित जनतालाई हस्तान्तरण गरेको हो । सेनाले बनाएका घर हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका मन्त्रीहरू, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मीराज पाण्डे तथा प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो ‘गौरबपूर्ण परम्परा’को निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा खुसी व्यक्त गरे । उनले नेपाली सेना र जनता आवास घर निर्माणमा खटिएका सबै सेनाका कर्मचारीलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button