तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान चलाउने

सुरेन्द्रमणि त्रिपाठी, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान चलाउने भएको छ ।

पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले दोस्रो चरणको जागरण अभियानमा पार्टी गाउं गाउं टोल टोलसम्म पुग्ने र त्यसपछि हुने तेस्रो चरणको जागरण अभियानमा जनताका घरघरसम्म पुगेर जागरण प्रदान गरिने बताउनुभयो ।

सहमहामन्त्री डा.महतले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेको र आगामी आम निर्बाचनमा बिदेशमा रहेका नेपालीले समेत मतदान गर्न पाउने गरी तयारी गर्न कांग्रेसले सरकारको ध्यानाकृष्ट गराएको बताउनुभयो ।

सहमहामन्त्री डा.महतले जनताको सम्पतिमाथीको अधिकारलाई खोस्ने भूमि बिधेयक, मिडिया काउन्सिल सम्बन्धी बिधेयक लगायतका सरकारका अन्य अन्य थुप्रै कामप्रति कांग्रेसको आपत्ति रहेको बताउनुभयो ।

तराई मधेश आदिवासी जनजाति लगायतसंग जोडिएको संबिधान संशोधनको पक्षमा नेपाली कांग्रेस दृढ रहेको पनि पत्रकार सम्मेलनमा डा. महतले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button