तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण विजेता यादवले १३ औं साग गुमाउने

काठमाडौं । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितकुमार यादवले स्वदेशमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् ।

डाक्टरले लामो समयसम्म आराम गर्नु पर्ने बताएपछि अजितले मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग गुमाउनुपर्ने स्थिति बनेको छ ।

१३ औं सागको लागि गत शनिबार भएको छनोट दौरान ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका उनले झन्डै एक किलोमिटर बाँकी रहँदा पेटमा दुखाई महसुस गरे ।

त्यसपछि उनले दौड बीचमै त्यागे । १३ औं सागमा उनी ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने योजनामा थिए । तर, उनको सपना चकनाचुर भएको छ ।

उनको स्थानमा हरि कुमार रिमाल या दीपक अधिकारीमध्ये एकले खेल्ने बताइएको छ । लगत्तै स्वास्थ परीक्षण गराउँदा उनमा हेपाटाइटिस ‘बी’ को लक्षण देखिएको थियो ।

डाक्टरले कम्तीमा पनि दुई देखि ३ महिना आराममा बस्नुपर्ने बताएपछि उनको साग खेल्ने सम्भावना लगभग सकिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button