तपाईँ सुन्दै हुनुहुन्छः

लिजमा लिएको जग्गा साँढे ४ दशकपछि उपयोगमा

काठमाडौं । सरकारले भारतको कोलकाता बन्दरगाहमा लिजमा लिएको जग्गा साँढे ४ दशकपछि उपयोगमा ल्याएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले सो जग्गामा नेपाली आयातका लागि आफ्नै कन्टेनर फ्रेट स्टेशन अर्थात सीएफएस निर्माण गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बिहीबार कोलकातामा सीएफएसको उद्घाटन गर्नु भयो ।

यो संरचनालाई अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयातित मालसामान राख्ने स्थलका रूपमा उपयोग गर्न सक्नेछन् ।

उदघाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले देश समृद्धिको मार्गमा अघि बढेको र सीएफएस सञ्चालनबाट मुलुकको आयात प्रवर्द्धनमा सहजता आउने बताउनु भयो ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले सीएफएस सञ्चालनले नेपालको तेस्रो मुलुकसँगको व्यापार सहज हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button