तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले )८३ किलो रक्तचन्दन बरामद

काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रक्तचन्दन तस्करी बन्द भएको अड्कल गरिएको थियो । तर रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो ।

जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन ।

बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद भएको पुष्टि गरे । उनले भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा हिजो साँझ बरामद गरेका हौं ।’

प्रहरी स्रोतका अनुसार, च्याङ्बा लामाको घरको एउटा कोठाबाट रक्तचन्दन बरामद भएको थियो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ ।

त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि मालिक को हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवैसहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button