तपाईँ सुन्दै हुनुहुन्छः

सेन्ट्रल जोन भलिबलः नेपाल पाचौं स्थानमा

अजय बम । नेपालले पाँचौ स्थानमा रहँदै एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको अन्त्य गरको छ ।

तीन वर्षअघि पहिलो अन्तराष्ट्रिय पदकका रुपमा सेन्ट्रल जोनमै कास्य पदक जितेको नेपालले यसपटक घरेलु कोर्टमा च्याम्पियनसिप आयोजना हुँदा त्यसको फाइदा भने उठाउन सकेन ।

लगनखेल स्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, २६–२४ ले हराउँदै नेपालले पाँचौं स्थान बनाएको हो ।

च्याम्प्यिनसिपअघि यी दुई टोलीबीच भएको दुई वटा मैत्रीमा नेपाले समान ३–२ को जित हासिल गरेको थियो । समूह चरणमा भने नेपालले दुवै खेल गुमाएको थियो ।

पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्ससँगको खेल पनि समान ३–० ले गुमाएको थियो ।

माल्दिभ्सलाई हराउँदै तुर्किस्तान तेस्रो भएको छ । कीर्तिस्तान शनिबार उज्वेकिस्तानसँग फाइनल खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button