तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडासँग आज नेपालका लागि चीनका राजदुत होउ यान्छीले शिष्टाचार भेट गर्नु भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा काठमाडौं –कोदारी, काठमाडौं–रसुवागढी र कोरला नाकामार्फत आवागमन बढाउने विषयमा छलफल भएको थियो ।

साथै चिनीयाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा समेत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button