तपाईँ सुन्दै हुनुहुन्छः

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुपर्ने नीति लिएको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकार दिए । नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उनले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिए ।

ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button