तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता विरोधी विधेयक ल्याएको छैनः गृहमन्त्री थापा

अजय झा, जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापाले सरकारले सङ्घीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउनुभएको छ ।

गृह मन्त्रालयद्वारा आज धनुषाको जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले एउटा जिल्लामा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था हुन नसक्ने प्रष्ट पार्नु भयो ।

गृहमन्त्री थापाले एक प्रश्नको जवाफमा प्रदेशमा डिआई जी सम्मको परिचालन गर्ने अधिकार प्रदेश सरकारमा रहेको उल्लेख गर्नु भयो ।

उहाँले सरकारले नागरिकता समस्या हल गरिसकेको छ भन्नुहुँदै सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई विसं २०५८ को नागरिकताको समस्या हल गरिसकेको बताउनु भयो ।

हिजोदेखि शुरु भएकोे सुरक्षा गोष्ठीमा प्रदेश नंं २ का सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका जिल्ला प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button