तपाईँ सुन्दै हुनुहुन्छः

ए बी यू सम्मेलन सम्पन्न

प्रवीण । एशिया प्रशान्त क्षेत्रका रेडियो तथा टेलिभिजन प्रशारण संस्था ए बी यु को पाँचौ मिडिया समिट प्रशारण संस्थाहरुका लागि काठमाडौं कार्ययोजना जारी गर्दै आज सम्पन्न भएको छ ।

आज जारी कार्ययोजनामा यस क्षेत्रका प्रशारण माध्यमलाई एक आपसमा समन्वय गरी प्राकृतिक प्रकोप सम्बन्धी सामग्री तथा अनुभव आदान प्रदान गर्न आव्हान गरिएको छ ।

कार्ययोजनामा विश्वव्यापी जलवायु परिवर्तनका कारण हुनसक्ने प्रकोपको तयारीका लागि आम समूदायलाई सुसुचित गरी उनीहरुलाई सम्भावित प्रकोपबाट बच्न सहयोग गर्ने दिशामा सृजनात्मक तथा गुणस्तरिय रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्न आव्हान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र रेडियो नेपाल एवं नेपाल टेलिभिजनको सहआयोजनामा २ दिन सम्म चलेको सम्मेलनमा प्रशारण क्षेत्रसँग सम्बन्धित विज्ञ, सञ्चारकर्मी र सरोकारवालाबीच जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सामना गरी त्यसबाट जोगिन प्रशारण संस्थाले खेल्न सक्ने भूमिकाका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button