तपाईँ सुन्दै हुनुहुन्छः

‘प्राविधिक जनशक्ति र पेशाकर्मीको भूमिका महत्वपूर्ण हुने’

केशव ढुंगाना । उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सफल बनाउन प्राविधिक जनशक्ति र विभिन्न पेशाकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल फोटो पत्रकार संघले आज काठमाडांैमा गरेको कार्यक्रममा उप–प्रधानमन्त्री पोखरेलले राजनीतिले विकासको योजना मात्रै निर्माण गर्न सक्ने बताउनुहुँदै पेशाकर्मी र प्राविधिक जनशक्तिले त्यसलाई उचित आकार दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय फोटो पत्रकारीता दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न १४ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

नेपाल फोटो पत्रकार संघले विक्रम संवत् १९८४ बैशाख १३ गतेको गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनको सम्झनामा हरेक वर्षको वैशाख १३ का दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button