तपाईँ सुन्दै हुनुहुन्छः

एसिया ब्रोडकास्टिङ युनियनको पाँचौ मिडिया सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । एसिया ब्रोडकास्टिङ युनियन (एवियु)को पाँचौ मिडिया सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो र टेलिभिजनले मान्छेको सोचाइमा परिवर्तन ल्याउन सक्ने हुँदा प्राकृतिक जोखिम न्यूनीकरणका समाचार प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।
मानिसहरुले विभिन्न प्राकृतिक प्रकोपका सामाना गर्न परिरहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले मानिसका व्यहारले निम्त्याउन सक्ने जोखिमका बारेमा पनि सञ्चार माध्यमहरुले सामग्री प्रसारण÷प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङले एसिया ब्रोडकास्टिङ युनिएन (एवियु)को मिडिया सम्मेलनमा विश्वमा भएका जोखिम न्यूनिकरणका अनुभवहरु आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
भोलिसम्म चल्ने सम्मेलनमा जलबायु परिवर्तन र प्राकृतिक प्रकोप न्यूनिकरणमा प्रसारण माध्यमको भूमिकाको विषयमा छलफल हुनेछ ।
सम्मेलनमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नेपाल टेलिभिजनका अधयक्ष डा.महेन्द्र विष्टलगायत एबियुका दुई सय ७२ सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button