तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ भन्नुभएको छ । सभापति देउवाले घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र उहाँहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button