तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा ठूलो फड्को मारिनेः सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशले शिक्षा क्षेत्रमा चाँडै नै ठूलो फड्को मार्ने बताउनुभएको छ ।

काभे्रको बनेपा स्थित महाँकाल आधारभूत विद्यालयको नयाँभवन स्थानीय समुदायलाई हस्तान्तरण गर्नुहुदैं सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री बाँस्कोटाले हरेक बालबालिकालाई सीपमूलक र व्यवहारिक शिक्षाप्रदान गरी यही वर्ष देशलाई पर्व साक्षर घोषणा गर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले शिक्षक र अभिभावकलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार तर्फ लाग्न आग्रह गर्नुभयो ।

संचारमन्त्री बाँस्कोटाले अव सामुदायिक विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाएको पाइएमा सुविधा कटौती गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button