तपाईँ सुन्दै हुनुहुन्छः

डा. बलराम जोशी राष्ट्रिय पुरस्कारबाट विभिन्न व्यक्ति र संस्था सम्मानित

अच्युत । डाक्टर बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्ति र संस्थालाई सम्मान गरेको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले ५० हजार १ सय १ रुपियाँ राशीको डाक्टर बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकर लाल दासलाई प्रदान गरेको छ ।

यसैगरी, डाक्टर बलराम जोशी सुयोग्य शिक्षक सम्मान प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त सम्मान राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, चन्द्रकुमारी हिमालय राज जोशी स्वास्थ्य सेवा सम्मान काठमाडौंको डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद् र दीपकुमारी–पिताम्बर प्रसाद पन्त समाज सेवा सम्मान देवाघाटस्थित श्री रामजानकी बालिका आश्रमलाई प्रदान गरिएको छ ।

४ वटै सम्मानको राशी २५ हजार १ सय १ रुपियाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button