रुपान्तरण मार्फत् मुलुक समृद्ध बनाउनुपर्नेमा नेताहरुको जोड
काठमाडौं । विभिन्न दलका नेताहरुले आपसी सहमति र सहकार्य गर्दै सामाजिक, आर्थिक रुपान्तरण मार्फत् मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनभएको छ ।
आज काठमााडौमा आयोजित एक कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले सरकारको पहिलो वर्ष व्यवस्थापनको वर्ष भएको भन्दै आगामी वर्ष परिणाममुखी बनाउन सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता शंकर भण्डारीले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउदै देशका वास्तविक समस्या पहिचान गरी निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले सरकारले गरेका प्रतिवद्धताहरु अपेक्षाकृत रुपमा पुरा नगरेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्