तपाईँ सुन्दै हुनुहुन्छः

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि विद्यालय जाने उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता स्कुल काठमाडौंलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समता स्कुलले गरीबका छोराछोरीलाई गुण लगाएको बताउनुभयो ।

समता स्कूलका कारण सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button