रुपन्देही च्यालेन्जर्स र सी वाई सी अत्तरीया विजयी
धनगढी । धनगढी प्रिमियर लिग डी पी एल टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा रुपन्देही च्यालेन्जर्स र सी वाई सी अत्तरीया विजयी भएका छन् ।
धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै प्ले अफमा समेत प्रवेश गरेको हाम्रा धनगढी समाचारदाता जगत साउदले जनाएका छन् ।
यसैगरी, दोस्रो खेलमा सी वाई सी अत्तरीयाले विराटनगर किङ्गसलाई १० रनले पराजित गरेको थियो ।
बारको पहिलो खेल धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा दोस्रो खेल बिराटनगर किङ्गस र सी वाई सी अत्तरीयाकाबिच हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्